जुम्ला । नेकपा एमालेबाट चन्दननाथ नगरपालिका मेयरका उम्मेदवार धर्मेन्द्र रोकायाले घोषणापत्र सार्वजनिक गरेका छन् ।रोकायाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको घोषणा पत्रमा नगरपाकिलामा डाक्टर, इन्जिनियर,वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षाको लागि बन्दोबस्त गरिने उल्लेख गरिएको छ ।
घोषणापत्रमा उक्त सुविधा प्राप्त गर्ने विद्यार्थीले निश्चित समय नगरपालिकामा सेवा गर्नुपर्ने छ । एमाले घोषणापत्रमा कक्षा १ देखि १२ कक्षामा अनिवार्य र नि:शुल्क शिक्षा लागू गरिने भएको छ । न्यून आय भएका बालबालिकाहरुका लागि शैक्षिक राहात कोष स्थापना गरिने उल्लेख गरिएको छ ।
त्यस्तै घाषणा पत्रमा हरेक वडामा कम्यूटर प्रगोगशाला, वेवि केयर सेन्टर स्थापना गरिने, एक विद्यालय एक नर्स कार्यक्रम लागु गरिने उल्लेख गरिएको छ । जुम्लाको बस्ति विकासका लागि पाखे चक्रपथको अवधारणा अघि सारिएको छ ।
स्थानीय स्तरमा जैविक ग्यास,वैकल्पिक उर्जाको अभ्यास मार्फत अनुदान गरिने, एक विद्यालय एक खेलकुद प्रशिक्षकको दरवन्दी सहितको व्यवस्था गरिने छ ।
चन्दननाथको मन्दिरलाई पर्यटकीय केन्द्र बनाइने
त्यस्तै चन्दननाथ मन्दिरलाई आकर्षक पर्यटकीय गन्तब्य बनाउने घोषणपत्रमा उल्लेख छ । चन्दननाथ मन्दिर जुम्लाको ऐतिहासिक धार्मिक स्थल हो । कृषिमा हरेक वडामा ठूलो शित भण्डार स्थापना गरिने । स्याउ, ओखर, लगायत कृषिमा आधारित उत्पादनशिल व्यवसाय गरिने क्षेत्रमा सिँचाईलाई प्रथामिकता दिईनेछ ।
त्यस्तै तातोपानी गाउँपालिकामा नेकपा एमाले अध्यक्षका उम्मेदवार सुरत बहादुर शाहीले समेत घोषणापत्र सार्वजनिक गरेका छन् । तातोपानीका सवै गाउँमा सड्क बिस्तार गरिने, गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिईने, जडिवुटि प्रशोधन केन्द्र स्थापना गरिने, जातीय लैगिक तथा विभेदमुक्त पालिका घोषणा गर्ने सहितको उल्लेख छ ।
एक गाउँ एक उत्पादन
त्यस्तै तातोपानीमा एमालेको घोषणापत्रमा एक गाउँ एक उत्पादन र दश उद्यमी निर्माण गरिने उल्लेख छ । वडा स्तरमा क्रमश एकघर एक धारा पानी, सहिद स्मार्क स्थापना, तातोपानी धाराको स्तरबृद्धि तथा लक्षालकृति पैकलाको सालिक निर्माण गरिने, जुम्ला– जाजरकोट जोड्ने त्रिवेणी टोप्ला हुदै जाजरकोटको सड्क बिस्तार गरिने उल्लेख छ । यसैगरी एमालेले कनकासुन्दरी गाउँपालिका र तिला गाउँपालिकाको समेत घोषणापत्र सार्वजनिक गरेको थियो
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend