Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घटाइयो नेपाल इको प्यानलको मूल्य


    सोमबार, बैशाख १९ २०७९
    460
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल इको प्यानलद्वारा उत्पादित प्यानल बोर्डको मूल्य प्रति वर्गफिट २५ रुपैयाँंले घटाइएको छ । प्रति वर्गफिट दुई सय २५ रुपैयाँं रहेको प्यानल बोर्डको मूल्य घटाएर दुई सय रुपैयाँंमा सिमित गरिएको हो । 

    अत्याधिक मागसँंगै धेरै विक्री हुन थालेपछि मूल्य घटाएर दिन सम्भब भएको इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए ।

    साथै कम्पनीले ६ सय वर्गफिट भन्दा माथि खरिद गर्नेहरुका लागि काठमाडौं उपत्यकामा निःशुल्क ढुवानीको पनि व्यवस्था गरेको छ । साथसाथै निर्माणस्थलमा पुग्दा टुटफुट भएमा साटिने व्यवस्था पनि मिलाएको कम्पनीले जनाएको छ ।

    यो ७० वर्ष ग्यारेन्टी भएको प्यानल हो । च्यानलमा अथवा विना च्यानलमा सजिलै जडान गर्ने मिल्नु यसको विशेषता रहेको छ । 

    इको प्यानल स्थायी अथवा अस्थायी संरचनामा भित्री तथा बाहिर पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । भूकम्पप्रतिरोधी, हलुका हुनु, तीव्र निर्माणलगायतका विशेष विशषताका कारण पछिल्ला वर्षहरुमा यसको माग देशभरि नै छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार