काठमाडौं । आठ महिनाअघि चीनबाट सुरु भएको कोरोनाभाइरस (कोभिड-१९) संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । पछिल्ला दिनहरुमा समेत यो भाइरसको संक्रमण बढ्ने क्रम जारी छ ।
विश्वका धेरै देशहरु संक्रमण रोक्न सफल भएपनि पूर्ण नियन्त्रणमा भने आउन अझै समय लाग्ने देखिएको छ । सोमबारसम्म विश्वभर १ करोड ४६ लाख ४६ हजार ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
यस्तगरी यही संक्रमणको कारण ६ लाख ८ हजार ९ सय ७८ जनाको मृत्यु समेत भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
संक्रमितमध्ये हालसम्म ८७ लाख ३७ हजार ८ सय ३५ जना कोरोनामुक्त भइ डिस्चार्ज भइसकेका छन् । विश्वभरमा ५२ लाख ९९ हजार ८ सय ९४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेकाे र उनीहरूको उपचार भइरहेको छ । संक्रमितहरूमध्ये ५९ हजार ६ सय ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
अहिले अमेरिकामा मात्र ३८ लाख ९८ हजार ५ सय ५० जना कोरोना भाइरसका संक्रमित छन् । यस्तै अमेरिकामा कोरोनाकै कारण १ लाख ४३ हजार २ सय ८९ व्यक्तिको मृत्यु भइसकेको छ ।
दक्षिण अमेरिकी क्षेत्रमा समेत ३२ लाख ६६ हजार ७ सय ४३ जना कोरोना भाइरस संक्रमति छन् । त्यहाँ १ लाख १७ हजार ९ सय ३६ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकी क्षेत्रमा ४५ लाख ७० हजार १ सय ८९ जना कोरोना भाइरस संक्रमति छन् । त्यहाँ १ लाख ९६ हजार ६ सय २२ जनाको मृत्यु भएको छ ।
युरोप क्षेत्रमा २६ लाख ५४ हजार ४६२ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ९८ हजार ८ सय २ को मृत्यु भएको छ । एसिया ३४ लाख १ हजार २ सय २१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७९ हजार ९ सय ६३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ७ लाख २४ हजार ७ सय २ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार २ सय २ जनाको मृत्यु भएको छ ।
ओसियानामा १३ हजार ७ सय ५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय ४५ जनाको मृत्यु भएको छ । (एजेन्सी)