वीरगञ्ज । कलैयाको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका सब–इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल पक्राउ परेका छन् । सेवाग्राहीसँग ८० हजार घूस लिँदालिँदै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
उनीसहित उनका एक सहयोगी चन्दन जैसवाल पनि पक्राउ परेका छन् ।
आयोगको हेटौडा क्षेत्रीय कार्यालयबाट आएको टोलीले आइतबार साँझ उनीहरूलाई कलैयाबाट पक्राउ गरेको हो।
नदी तटबन्धको जाली लगाउने कार्यमा भुक्तानी गरिदिएबापत जैसवालले सेवाग्राहीसँग ८० हजार रुपैयाँ घूस मागेको आयोगले जानकारी दिएको छ।
सेवाग्राहीसँग ८० हजार घूस लिएको रकम सब इन्जिनियर जैसवालले आफ्ना सहयोगीलाई दिएर भाग्न खोज्दा अख्तियार टोलीले दुवैलाई पक्राउ गरेको हो।