Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा ताप लहर घट्दै, केही दिनमा वर्षा हुने


    सोमबार, बैशाख १९ २०७९
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नयाँ दिल्ली। भारतका अधिकांश भागहरूमा ताप लहरको अवस्था कम हुँदै गइरहेको त्यहाँको मौसमसम्बन्धी कार्यालयले जनाएको छ । आगामी तीन दिनमा हल्का वर्षा हुने कार्यलयले अनुमान गरेको छ । 

    भारतमा यस वर्ष अत्यधिक गर्मी बढेको छ ।  लाखौं मानिसहरू गर्मीको जोखिममा रहेका वैज्ञानिकहरूले चेतावनी दिएका छन । बढ्दो गर्मीलाई जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ । 

    अप्रिलमा देशका धेरै भागहरूमा उच्चतम औसत तापक्रम रेकर्ड गरिएको छ । अधिक गर्मी मेसम्म रहने अनुमान गरिएको छ । 

    उत्तरपश्चिम र मध्य भारतमा अप्रिलमा क्रमशः ३५ दशमलब ९ र ३७ दशमलब ७८ सेल्सियस  औसत अधिकतम तापक्रम रेकर्ड गरेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ । एजेन्सी
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार