Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बढ्यो प्रचण्डको व्यस्तता, आज पूर्व माओवादी तर्फका स्थायी समिति सदस्यसँग छलफलमा


    सोमबार, साउन ५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता बढ्दै गएको छ । शनिबार नेकपा सचिवालय बैठकयता उनको भेटघाट र छलफल तीव्र भएको छ । 

    शनिबारको निरन्तरता आइतबार हुँदै सोमबारसम्म आइपुगेको छ । सोमबार बिहानैदेखि उनी आफ्नै निवास खुमलटारमा व्यस्त रहेको थाहा भएको छ । पूर्व माओवादी केन्द्र तर्फका स्थायी समिति सदस्यहरुसँग उनी बिहान ८ बजेदेखि नै छलफलमा रहेको स्रोतले जानकारी दिएको छ । 

    पछिल्लो समय नेकपाभित्रको विवाद पेचिलो बन्दै गएको छ । विशेषगरी माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनालले प्रम ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा गर्ने बाहेकको विकल्प मान्न तयार भएका छैनन् । यस्तै प्रम ओली भने कुनै पनि हालतमा राजीनामा नदिने बरु अन्य विकल्पमा छलफल गर्न तयार रहेको बताउँदै आइरहेका छन् । 

    यस्तोमा पूर्व एमालेको विवादमा प्रचण्डको मत निर्णायक हुने अवस्था आएकाले पनि उनको व्यस्तता बढेको बुझिएको छ । छिटोछिटो कित्ता परिवर्तन गर्ने प्रचण्ड शैलीका कारण स्थायी समिति सदस्यहरुपनि जारी विवादमा प्रचण्डको भुमिकाबारे जान्नका लागि भन्दै खुमलटार पुगेको हुनसक्ने आँकलन गरिएको छ ।

    खुमलटारनिकट स्रोत भने स्थायी समिति बैठकलाई बारम्बार स्थगित गर्दा आफ्नो भूमिका प्रभावकारी नभएको गुनासो लिएर ती स्थायी समिति सदस्य प्रचण्डसँग छलफल गर्न आएको बताएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार