Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ह्वात्तै घट्याे सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    सोमबार, बैशाख १९ २०७९
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    साेमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

    (यसअघि यस समाचारमा शीर्षक भूलबस गल्ती पर्न गएकाेमा सच्याइएकाे छ ।)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार