चितवन। निरन्तर वर्षासँगै नारायणी नदीमा पानीको वहाव ह्वात्तै बढेको छ । वर्षा भइरहने भएकाले सोमबार बेलुकासम्म नै बाढीको खतरा रहने र सचेत रहन जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ ।
विभाग अन्तर्गतको नेपाल बाढी सूचनामार्फत् चितवन तथा नवलपरासीका तटीय क्षेत्रमा सचेत रहन अपिल गरिएको हो ।
‘नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको र बढ्दो रहेकाले चितवन र नवलपरासीको नारायणीको तटीय क्षेत्रमा हुनेहरूले बेलुकासम्मै उच्च सतर्कता अपनाउनुहोला,’ ट्वीटमा भनिएको छ ।