Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रसारण लाइन निर्माणमा अवरोध गर्ने चार जना प्रहरी नियन्त्रणमा


    आइतबार, बैशाख १८ २०७९
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ ।  जिल्ला प्रहरी कार्यालय लमजुङले २२० केभी राष्ट्रिय प्रसारण लाइन निर्माणमा अवरोध गरेको भन्दै आइतबार चार जनालाई नियन्त्रणमा लिएको छ ।

    लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले दोर्दी गाउँपालिका-१, ढोकेबेंसीमा राष्ट्रिय प्रसारण लाइन निर्माण गर्ने क्रममा तार टाँग्दै गर्दा डोरी काटेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

    डिएसपी कार्कीका अनुसार उनीहरूले प्रसारण लाइनको एउटा गाडीमा पनि तोडफोड गरेका छन् । पीडितले २२० केभी प्रसारण लाइनमुनि आफ्नो घरजग्गा रहेको र प्रभावित भए पनि पीडितको सुनुवाइ नभएको भन्दै पीडितहरूले संघर्षका विभिन्न कार्यक्रमहरू गर्दै आएका थिए । 

    प्रहरीले तार टाँगिरहेको समयमा डोरी काटेको र गाडी तोडफोड गरेपछि दोर्दी गाउँपालिका १ ढोकेबेंसीका पवित्रा थापा, राजेश थापा, सञ्जीव थापा र सन्तोष गिरीलाई नियन्त्रणमा लिएको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार