काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सोमबार बिहान दज्र्यानी चिह्न(फुली) लगाउने कार्यक्रम तय गरिएको छ ।
सोमबार बिहान ९.३० बजे दज्र्यानी चिह्न लगाएपछि उनले पदबहाली गर्नेछन् ।
मन्त्रिपरिषदले आइतबार सिंहलाई आइजीपी नियुक्त गरेको हो ।
कार्यकाल सकिएर अवकाश पाएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको बिदाइ गरिएको छ । आइतबार नेपाल प्रहरीका आइजीपी क्षेत्री र सशस्त्रका आइजीपी पुष्पराम केसीलाई गृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेले बिदाइ गरेका थिए ।