Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कटारीको प्रमुखमा बागी उम्मेदवारी दिएकी राउत एमाले पार्टीबाट निष्कासित


    आइतबार, बैशाख १८ २०७९
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । नेकपा एमाले प्रदेश कमिटीले उदयपुरको कटारी नगरपालिकाबाट नगर प्रमुखमा विद्रोह गरी उम्मेदवारी दिएकी भिमकुमारी राउतलाई पार्टीले निष्कासन गरेको छ । 

    पार्टीको आधिकारिक उम्मेदवारविरुद्धमा उम्मेदवार मनोनयन गराएकोमा पार्टीले राउतलाई निष्कासन गरेको हो । राउत नेकपा एमाले प्रदेश १ कमिटीका सदस्य हुन् । 

    पार्टीको विधानको धारा ८० को उपधारा ६ ले व्यवस्था गरे बमोजिम कुनै जनप्रतिनिधि संस्थाको निर्वाचनमा पार्टीको निर्णय विपरीत उम्मेदवार बनेमा, पार्टीको उम्मेदवार विरुद्धमा प्रचार गरेमा वा पार्टीको उम्मेदवारको विरुद्धमा उठ्ने अन्य कुनै उम्मेदवारको समर्थक वा प्रस्तावक बनेमा वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गरेमा पार्टी अनुशासनको उल्लंघन गरेको हुनाले सोही विधानको धारा ८१ को दफा १ बमोजिम राउतलाई निष्कासन गरिएको प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार