खोटाङ। गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस ऐसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङ साधारण सदस्य समेत नरहनेगरी निष्कासित भएका छन् ।
कांग्रेससहितको गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका तामाङलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्य समेत कायम नरहनेगरी निष्कासन गरिएको कांग्रेस खोटाङले जनाएको छ ।
गत १२ वैशाखमा मनोनयन गर्नेक्रममा गठबन्धनबाट तोकिएको आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवार दर्ता गराएका तामाङलाई पार्टीकातर्फबाट सम्झाइ बुझाई गर्दा समेत मनोनयन पत्र फिर्ता नलिइएकाले कारबाही गरिएको कांग्रेस खोटाङको अनुशासन विभागका संयोजक एवं जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा कांग्रेसको उम्मेदवार राजदेश राई विरुद्ध बागी उठेका उम्मेदवारलाई समेत कारबाही गर्ने जनाइएको छ ।
ऐसेलुखर्क गाउँपालिकामा गठबन्धन दलकोतर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राई र उपाध्यक्षमा कांग्रेसका राजेश राजभण्डारीलाई उम्मेदवार बनाएको अवस्थामा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
गठबन्धन दलले बागी उम्मेदवार दिने नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन अन्यथा कारबाही गर्ने चेतावनी दिए पनि तामाङले ‘ब्याक’ हुन अस्वीकार गरेका हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend