Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाल विवाहमा संलग्न चार जना पक्राउ


    सोमबार, साउन ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वालिङ ।  बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

    प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको भनी आँधीखोला गाउँपालिकाका–३ बस्ने केशवराज पौडेलले प्रहरीमा किटानी जाहेरी दिएपश्चात् बेहुला तिवारीसहित बुबा, आमा गरी चार जनालाई प्रहरीले असार ३१ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चार जनालाई विवाहसम्बन्धी कसुरअन्तर्गत ‘बाल विवाह’ मुद्दा दर्ता गरिएको छ । गत बिहीबार स्याङ्जा जिल्ला अदातलबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार