काठमाडौं । सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै निर्वाचन आयोगले यस्ता काम रोक्ने चेतावनी दिएको छ ।
आयोगले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने उम्मेदवार तथा राजनीतिक दलहरुलाई आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको हाे ।
आयोगले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको परिभाषा गरेको छ, जसअनुसार भनिएको छ, निर्वाचनसम्बन्धी कुनै कार्य गर्दा गराउँदा कसैलाई हानी नोक्सानी पुर्याउने नियत राखी नराखी वा उक्त सूचना झुटो हो भन्ने बुझी नबुझी सम्प्रेसित गरिएको भ्रमक सूचनालाई मिथ्या सूचना भनिन्छ ।