काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इदमा सार्वजनिक बिदा दिने भएको छ ।
इस्लाम धर्मावलम्बीहरु एक महिना लामो रोजा (ब्रत) सकिएपछि इद मनाउने गर्छन् । नेपालमा मंगलबारको दिन इद मनाइने भएको छ । सरकारले इदको अवसरमा बिदा दिने यसको सूचना गृहमन्त्रालयले दिने सरकारी स्रोतको दाबी छ ।
यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र मस्जिदमा पुगेर नमाज पढ्नुका साथै गरीबलाई दान दिने गर्दछन्।