Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले जिम्बाबे ‘ए’ लाई दियाे १८२ रनको लक्ष्य


    आइतबार, बैशाख १८ २०७९
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जिम्बाबे ‘ए’ विरुद्धको टी- २० शृंखलाको पहिलो खेलमा नेपालले १८२ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टियु  क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रनको योगफल तयार गर्‍याे । नेपालका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले २७ रनको साझेदारी गर्दै मध्यम सुरुआत दिलाएका थिए ।

    नेपालका कुशलले ४६ रन बनाए । आदिल आलमले अविजित ४७ रनको योगदान गरे । रोहितकुमार पौडेलले ३६ रन बनाए ।

    जिम्बाब्वेका लागि ब्राड इभान्स, लुक जोङ्ग्वे, ब्रान्डोन माभुता र जोन मसाराले एक-एक विकेट लिए। नेपाल भ्रमणमा रहेको जिम्बाबेले तीन टी-२० र तीन एकदिवसीय खेल खेल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार