Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध


    सोमबार, साउन ५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर भएको लगातारको बर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो गएको छ ।

    नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युतको पोलसहित ठूलो पहिरो खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ । दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ । इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार