Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पाकिस्तानमा इमरान खानसहित उनका १५० समर्थकहरूविरुद्द मुद्दा


    आइतबार, बैशाख १८ २०७९
    545
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । पाकिस्तानको पञ्जाब प्रहरीले अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र उनको तत्कालीन मन्त्रिपरिषदका केही सदस्यसहित १५० जनाविरुद्ध मुद्दा दायर गरेको छ । साउदी अरेवियाको मस्जिद–ए–नबवीम  प्रधानमन्त्री शहबाज सरिफ र उनको प्रतिनिधिमण्डललाई दुव्र्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

    सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो क्लिपमा शहबाज शरीफ र उनको प्रतिनिधिमण्डलका अन्य सदस्यहरू मदिनाको पैगम्बरको मस्जिदमा पुग्दा केही तीर्थयात्रीहरू (इमरान खानका समर्थकहरू)ले चोर गद्दर भनेर चिच्याइरहेको देख्न सकिन्छ । 

    पाकिस्तानी तीर्थयात्रीहरूले प्रतिनिधिमण्डलका सदस्यहरूलाई पनि अपमानजनक भाषा प्रयोग गरेका थिए । मदिना प्रहरीले नाराबाजीमा संलग्न पाँच पाकिस्तानीलाई पक्राउ गरेको दाबी गरेको छ । मदिना प्रहरीले नाराबाजीमा संलग्न पाँच पाकिस्तानीलाई पक्राउ गरेकोे छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार