मुगु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समितिको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष पदबाट केपी शर्मा ओलीको राजीनामा माग भएपछि उनको पक्षमा जुलुस प्रदर्शन हुँदैआएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दै आज मुगुमा पनि प्रदर्शन भएको छ ।
आइतबार मुगुमा ओली पक्षधर नेकपा कार्यकर्ताहरुले गरेको प्रर्दशन गरेका छन् । प्रदर्शनकारीहरुले नेकपाका उच्च स्तरका नेताहरुले प्रधानमन्त्रीलाई अनावश्यक दवाव दिएर काम गर्न बाधा गर्दै आएको भन्दै विरोध गरेका हुन् ।