Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • वीपी प्रतिष्ठानका उपकुलपति गिरीका १ सय दिनः पूर्ण विश्वविद्यालय बनाउने अठोट


    आइतबार, साउन ४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको १ सय दिन कार्यकाल पूरा भएको छ । अप्ठ्यारो अवस्थामा उपकुलपति बनेका गिरीसँग आम अपेक्षा स्वाभाविकै ठूलै थियो र छ पनि । पहिलो शैक्षिक तथा अनुसन्धान, दोस्रो प्रतिष्ठानको सेवा विस्तार र तेस्रो आर्थिक तथा शैक्षिक–प्रशासनको स्थायित्वको जिम्मेवारी लिएर उनी उपकुलपति नियुक्ति भएका थिए ।प्रतिष्ठानमा यी तीनवटै कुरा यतिखेर आफ्नो गतिमा दौडिरहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले व्यवहारिक, दृढ र प्रतिष्ठान विकासका लागि आवश्यक नीतिका लागि बोल्ड निर्णय गर्ने क्षमता भएका गिरीलाई उपकुलपति नियुक्त गरेका थिए । निर्णायक र चातुर्यताका हिसाबले प्रतिष्ठान र समग्र प्रदेश नं १ को स्वास्थ्य क्षेत्रको विकासका लागि उनले गरेको योगदान प्रसंशनीय छ । उपकुलपति प्राडा गिरीले प्रतिष्ठानलाई एसियाकै ठूलो शिक्षण संस्थाका रूपमा बनाउन र त्यसतर्फ आफ्ना अबका गतिविधि केन्द्रित गरेर अगाडि बढाएका छन् ।

    एउटा प्राचीन भनाइ नै छ, सानोभन्दा सानो वृक्ष जोगाउन पनि अनेक दुःखकष्ट सहनुपर्छ । त्यसलाई हुर्कन नदिन अनेक तत्व वाधा(अवरोध बनेर आउँछन् । निमोठेर फ्याँक्न चाहनेहरू समाजमा कम छैनन् । अवरोधहरूबाट बच्यो भनेमात्र त्यो वृक्ष हुर्कन्छ । त्यसमा फूल लाग्न थाल्छ । त्यही फूल चिचिला बन्छ । अनि फल चुँड्नेहरू उद्यत् हुन थाल्छन् । फल झन् आकर्षक बन्दै जान थाल्छ । फल पाक्न थालेपछि त त्यो चित्ताकर्षक नै देखिन थाल्छ । त्यसपछि त्यो आकर्षक, बास्नादार, रसिलो र गुणकारी फल नचाहने कोही हुँदैन । त्यसलाई बेचेर पैसा कमाउन चाहने दलाल, व्यापारी र त्यो रुख भएको जमिनमै कब्जा जमाएर हडप्न चाहनेहरूको संख्या अझ बढी देखिन्छ ।

    वीपी प्रतिष्ठानलाई प्राडा गिरीले त्यस खालका प्रवृत्तिबाट जोगाएर सुशासन कायम गर्दै अगाडि बढ्ने अपेक्षा गरिएको छ । पूर्व उपकुलपति बलभद्र दास, आरके रौनियार र पूर्वरजिष्टार तुलबहादुर श्रेष्ठ र गुरु खनालहरुले गिराएको वीपीको साखलाई पुनजागृत गराउनु पनि उनको प्रमुख दायित्व छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार