Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दलित महिला सदस्य परियार निर्विरोध


    शनिबार, बैशाख १७ २०७९
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ।खोटाङमा एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । खोटेहाङ गाउँपालिका–५ चिप्रिङको दलित महिला सदस्यमा नेकपा एमालेको उम्मेदवार बच्चीमाया परियार निर्विरोध निर्वाचित भएकी हुन् । अन्य पार्टीले दलित महिला सदस्यमा उम्मेदवारी दिन नसकेकाले चिप्रिङमा ६५ वर्षीय बच्चीमाया निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    निर्वाचन अधिकृतको कार्यालय खोटेहाङ गाउँपालिकाले शुक्रबार सूचना टाँस गर्दै दलित महिला सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयनपत्र दाखिला भएका परियारलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् । 

    चिप्रिङमा केही एक घर मात्र दलित परिवारको बसोबास रहेको छ । सिंगो वडामा दलितको एक मात्र परिवार भएकाले अन्य दलले दलित महिला कोटामा उम्मेदवार उठाउन नसकेको हो । 

    निर्वाचन आयोगको मतदातासूचीमा बच्चीमाया सहित उनका श्रीमान् पूर्णबहादुर दमाई, छोरी कमला, छोरा प्रकाश र विकास परियारको नाम उल्लेख छ । अर्का छोरी शर्मिला विवाह गरेर अन्यत्र गइसकेकी छन् । विवाह गरिसकेकी छोरी निर्मला अपांग छिन् । प्रकाश वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार