Nepal Face
  • आइतबार, १० साउन २०८३
  • करेन्ट लागेर क्रसर उद्योगमा कार्यरत कामदारको मृत्यु


    शनिबार, बैशाख १७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर। मोरङको केराबारी गाउँपालिका–८ मा रहेको महादेव क्रसर उद्योगमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । क्रसर उद्योगमा गिट्टी र बालुवा धुने पानी तान्नलाई मोटर चलाउने क्रममा करेन्ट लाग्दा केराबारी–८ का २३ वर्षीय टंक लिम्बूको मृत्यु भएको हो । 

    लिम्बू सोही क्रसरका कार्यरत रहेका थिए । करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान लैजाने क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

    क्रसरको लापरबाहीका कारण लिम्बूको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । 

    आफन्तले मृतकका छोरीलाई भरणपोषण तथा पठनपाठनको व्यवस्था गरिनुपर्ने, परिवारलाई किरिया खर्च र उचित क्षतिपूर्ति दिनुपर्ने तथा लापरवाहिपूर्ण तरिकाले सञ्चालन गरिएको क्रसर उद्योगमाथि कारबाही हुनुपर्ने लगायतका माग राखेर शव बुझ्न मानिरहेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार