Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोलि हेटौंडामा एमालेको आमसभा, ओलीले सम्बोधन गर्ने


    शनिबार, बैशाख १७ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा।भोलि आइतबार नेकपा एमालेले हेटौंडामा आमसभा गर्दैछ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । 
    स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर ओली हेटौंडा आउन लागेका हुन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्ताहरू सहित ४० हजार भन्दा बढीको सहभागिता रहने दावी गरिएको छ ।

    हेटौंडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार