Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई बालिका बलात्कार आरोपमा एक जना पक्राउ


    शनिबार, बैशाख १७ २०७९
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।रुपन्देहीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    ११ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–३ बस्ने रोल्पाको लुङ्गी गाउँपालिका–४ घर भएका २० वर्षीय भूपेन्द्र पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

    गएको चैत २१ गते पोखरेलले बालिकाहरूलाई बुटवल उपमहानगरपालिका–३, तिनाउ खोला बगरमा ललाइफकाइ जबरजस्ती करणी गरेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जनाएको छ । ती युवकलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार