Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंलाई भ्रष्टाचारमुक्त बनाउने जीम्मा मलाई दिनुस्ः सृजना सिंह


    शनिबार, बैशाख १७ २०७९
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ गठबन्धनको काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सृजना सिंहले आफू विजयी भए भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेकी छन्।

    शनिबार नेपाली कांग्रेसनिकट बुद्धिजीवि पेशाकर्मी परिचालक समिति, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सिंहले आफू मेयरमा विजयी भएमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दुर्गन्धबाट मुक्त गराउने बताइन्। डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू लागिपर्ने उनको भनाइ थियो।

    सिंहले सबै महिलाहरुको भावनालाई कदर गरेर अघि बढ्ने योजना रहेको बताइन्। उनले आफू र आफ्नो श्रीमान (प्रकाशमान) लाई आफ्नो नाम मेयरका लागि सिफारिस भएको थाहा नभएको बताउँदै स्वतः स्फूर्त रूपमा आफूलाई अघि सारिएको दाबी गरिन्।

    गणेशमान र मंगलादेवी सिंहकी बुहारी तथा प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उम्मेदवारी नभएको उनले बताइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार