Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्युठानमा बुवाको हत्या आरोपमा एक जना पक्राउ


    शनिबार, बैशाख १७ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्युठानमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय छोरा तुलेलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । 

    मादक पदार्थ सेवन गरेका तुलेले सामान्य विवादमा बुवामाथि ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट जंगबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    घटना लगत्तै इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार