Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा सुरु भयो ओली–प्रचण्डबीच छलफल


    आइतबार, साउन ४ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ । 

    आइतबार यी दुईबीच पार्टीको समस्या समाधानका लागि छलफल भइरहेको स्रोतले बताएको छ । 

    यसअघि आजको लागि तोकिएको स्थायी समिति बैठक साउन ६ गते ११ बजेसम्मका लागि स्थगित गरेर दुई अध्यक्षबीच छलफल सुरु भएको हो । 

    शनिबार नेकपा केन्द्रीय सचिवालय बैठक लगत्तै नेकपाका दुई अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएपछि प्रचण्ड समूहका नेताहरु सशंकित भएका थिए । 

    तर प्रचण्डले आफूलाई परिबन्धमा पारेर राष्ट्रपति निवास लगिएको बैठकमा बताएका थिए । कुनै काम र कुरा नभएपनि आफूलाई कुरा गर्नका लागि राष्ट्रपति निवासबाट बोलाइएको भन्दै त्यहाँ लगिएको तर खासै केही कुरा हुन नसकेको समेत उनले बताएका थिए । 

    सोही बैठकमा प्रम ओलीको अर्ली महाधिवेशनको प्रस्तावको नियत पनि तत्कालका लागि अल्मलाउने नियतले आएको दावी गर्दै उनले सो प्रस्तावमा छलफल गरौं मात्र भनेको तर सहमति नगरेको प्रष्ट पारेका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार