भैरहवा । रूपन्देहीकाे सिद्धार्थनगरमा अन्तत कांग्रेस र माओवादीबीच तालमेल भएकाे छ । उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा आएर कांग्रेस र माओवादीबीच तालमेल भएकाे हाे । सत्तारुढ गठबन्धनको केन्द्र, प्रदेश र जिल्लाको भावनलाई आत्मसाथ गर्दै रुपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा तालेमेल गरेकाे नेपाली कांग्रेस सिद्धार्थ नगरका सभापति कोशिस बहादुर खड्काले जानकारी दिए ।
आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचमा चुनावी तालमेल गर्दै गठबन्धनको मेयरमा कांग्रेसबाट ईस्तियाक अहमद खान र उपमेयरमा माओवादीबाट कमला थापाको उम्मेदवारी रहने छ । यसअघि माओवादी मेयरमा मनिष कुमार जोसी र काग्रेसबाट पल्लवी न्यौपानेले उपमेयरमा उम्मेदवारी दिएका छन् ।
प्रतिगमनलाई पराजीत गर्दै राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षाका लागी एकता आवश्यक रहेको भन्दै दुवै दल र उम्मेदवारहरुले एक आपसमा सहमति गरी सयुक्त गठबन्धनको मर्म अनुसार अगाडि बढ्ने निर्णय भएको नगर सभापति खड्काले बताए। सहमती अनुरुप आफ्नो उम्मेदवारी फिर्ता लिँदै मेयरका उम्मेदवार जोसीले गठबन्धनका उम्मेदवारलाई जिताउनु सवैको दायित्व रहेको बताए । तुनावी तालमेलसगैं गठबन्धनको जित थप शुनिश्चित भएको उनले बताए । त्यस्तै उपमेयरकी उम्मेदवार न्यौपानेले आफूले उम्मेदवारी फिर्ता गरे पनि आफूनै उम्मेदवार भएको सम्झेर गठबन्धनलाई जिताउन लागि पर्ने बताइन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend