काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको जानकारी दिएका हुन् ।
यसरी भेटिएका संक्रमित मध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका एक जना र ललितपुरका २ जनामा कोरोना देखिएको हो ।
आइतबार देशभर १ सय ५६ जना काेराेना संक्रमित भेटिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ। नेपालमा पछिल्लाे २४ घण्टामा ५८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या ११ हजार ६ सय ९५ पुगेकाे छ ।
देशका विभिन्न स्थानका २२ हजार ६ सय ६२ सय जना क्वारेन्टिनमा छन्। आइतबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।