काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले आज स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा लोसपाले २० वटा प्रतिवद्धता जनाएको छ ।
‘स्तरीय खानेपानी, अनवरत विद्युत प्रवाह र नियमित टोल, गाउँ र नगर सरसफाइका लागि आवश्यक व्यवस्था गरिने छ,’ लोसपाले घोषणापत्रमा प्रतिवद्धता जनाएको छ ।
केही महानगर र उपमहानगरपालिकामा धान्नै नसकिने घर भाडा र अन्य करहरुको बारेका पुनर्विचार गरिने र आवश्यकता देखिएमा करको दायार र दर कम गरिने प्रतिवद्धता पनि लोसपाले गरेको छ ।
हरेक पालिकामा प्याथोलोजी, प्रसूति गृह, मुटुसेवा र आपत्कालीन सेवा सहितको कम्तिमा २५ शैयाको उच्च प्रविधियुक्त गुणस्तरीय अस्पताल स्थापना गरिने र भएका अस्पताललाई आधुनिक बनाइने घोषणापत्रमा उल्लेख छ ।
‘उच्च माध्यमिक तहसम्म निशुल्क शिक्षाको भरपर्दो व्यवस्थापन गरिने छ,’ घोषणापत्रमा भनिएको छ ।
प्राथमिक शिक्षा मातृभाषामा पनि प्राप्त गर्न सकिने व्यवस्थालाई व्यावहारिक रुपमा नै सम्भव बनाइने प्रतिवद्धता लोसपाले गरेको छ ।
प्रसूतिको बेलामा हरेक महिलालाई आफ्नो र बच्चाको सही हेरचाहको लागि ५ हजार १०० रुपैयाँ प्रदान गरिने घोषणापत्रमा जनाइएको छ ।
‘स्नातकसम्म अध्ययन गरेकी र कमजोर आर्थिक अवस्था भएकी महिलालाई विवाहको बेलामा ५१ हजार रुपैयाँ प्रदान गरिने छ । यसले बालविवाह वा कम उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्नेछ । साथै महिलालाई उच्च शिक्षाका लागि प्रोत्साहन दिनेछ,’ लोसपाले घोषणापत्रमा भनेको छ ।
लोसपाले विपन्न वर्गका गृहिणी तथा महिलाहरुलाई ग्याँसको चुलो र सिलिन्डर वितरण गरिने पनि जनाएको छ ।
‘कृषि आम्दानी कृषकको हातमा कम र बिचौलियाको हातमा धेरै जाने अवस्थाको अन्त्य गर्न कृषकको ढोकैमा उचित मूल्यमा कृषि उत्पादन खरिद गर्न सकिने व्यवस्था गरिने छ,’ लोसपाले प्रतिवद्धता जनाएको छ ।
मधेशको भूमिलाई मरुभूमीकरण हुनबाट बचाउन चुरे क्षेत्रलाई वृक्षारोपण कार्यक्रमको माध्यमबाट हरित बनाई भू–क्षय हुनबाट जोगाइने पनि लोसपाले जनाएको छ ।
‘विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा आधुनिक क्रिकेट मैदान निर्माण र स्तरोन्नति गरिने छ । त्यसमध्ये कुनै दुईलाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने स्तरको क्रिकेट स्टेडियमको रुपमा विकास गरिने छ,’ घोषणापत्रमा उल्लेख छ ।
लोसपाले घोषणापत्रमा सार्वजनिक लाभको पदमा रहेका कुनै पनि जनप्रतिनिधि वा पदाधिकारीलाई आफ्नो अधिकार र कार्यक्षेत्र भित्र सार्वजनिक रकम खर्च गरिने कुनै पनि ठेक्का वा त्यो प्रकृतिको व्यापारिक÷व्यावसायिक कार्यमा संल्गन हुनबाट बन्देज लगाइने प्रतिवद्धता पनि जनाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend