Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुन्दन काफ्लेले उपसभापति बनाउन खोजेका लामा एमालेमा प्रवेश


    शुक्रबार, बैशाख १६ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • चरिकोट । दोलखा कांग्रेसका पूर्वउपसभापति छवि लामा एमालेमा प्रवेश गरेका छन् । बैतेश्वर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका लामालाई एमालेले समर्थन गर्नेगरी पार्टीमा प्रवेश गराएको छ । एमालेले बैतेश्वर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका माधवप्रसाद घिमिरेको नाम फिर्ता लिई कांग्रेसको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका छवि लामालाई आधिकारिक उम्मेदवार बनाएको छ । 

    २०७८ असोज १० मा भएको नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा छवि लामा तारामान खड्काको समूहबाट उपसभापतिका उम्मेदवार थिए । कृष्ण सिटौला समूहबाट कांग्रेस केन्द्रीय सदस्य भएका कुन्दनराज काफ्लेले उनलाई खड्का समूहबाट उपसभापतिमा उम्मेदवार बनाएका थिए । तर उनी पराजीत भएका थिए । २०७४ को चुनावमै एमालेमा जान खुट्टा उचालेर बसेको आरोप उनलाई पार्टीमा लाग्दैआएको छ । २०७४ मा बैतेश्वर गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष भएका अर्का ठूलो छवि लामाले उनलाई थामथुम पारी रोकेका थिए ।

    बैशाख ३० को स्थानीय निर्वाचनमा पनि छवि लामा नै उम्मेदवार छन् । उनका बिरुद्ध एमालेका नेता पार्वत गुरुङले स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए । पार्वत गुरुङको घनिभूत सम्पर्कमा रहेका उनलाई बागी उम्मेदवारी दिन लगाई आज उम्मेदवारी फिर्ता लिने दिन प्रवेश गराइएको कांग्रेसकै एक नेताले बताए । दोलखा कांग्रेसका नेताका अनुसार ‘कुन्दनराज काफ्लेका निकट छवि लामा २०७४ मै एमालेमा जान खोजेका ब्यक्ति हुन्, त्यही भएर उनलाई जिल्ला उपसभापतिमा समेत कसैले विश्वास नगरी पराजीत भए, उनी लामो समयदेखि पार्वत गुरुङको सम्पर्कमा रहेर पार्टी कमजोर बनाउन लागेका थिए, अहिले उतै गएका हुन् । उनी जाँदा बैतेश्वरमा समेत पार्टीलाई केही असर पर्दैन ।’

    कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेमाथि छवि लामाजस्ता अवसरवादीहरुलाई बोकेर हिंडेको आरोप छ । उनले पार्टीकै बिरुद्ध लाग्ने छवि लामाहरुलाई संरक्षण गरेको आरोप छ । उनले संरक्षण गरेका छवि लामाले बागी उम्मेदवारी मात्र दिएनन्, एमालेमै प्रवेश गरेका छन् । तामाकोशी गाउँपालिकाको झुलेमा उनले पार्टीका आधिकारिक उम्मेदवारका बिरुद्ध इश्वर कार्कीलाई बागी उम्मेदवार बनाएका छन् । तामाकोशी गाउँपालिकामा काफ्लेले सिफारिस गरेका ब्यक्तिलाई उपमेयरको टिकटसमेत पाउन सकेनन् ।      
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार