काठमाडौं । आइतबार देशभर १ सय ५६ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ३ हजार ७ सय ४१ जनाको पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ। काठमाडौं उपत्यकामा भने तीन जना संक्रमित भेटिएका छन् ।
नेपालमा पछिल्लाे २४ घण्टामा ५८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या ११ हजार ६ सय ९५ पुगेकाे छ ।
देशका विभिन्न स्थानका २२ हजार ६ सय ६२ सय जना क्वारेन्टिनमा छन्।
आइतबारसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।