Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाका कारण ज्यान गुमाएका वृद्धको पूरै परिवारमा संक्रमण


    आइतबार, साउन ४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । उपचारका क्रममा मृत्यु भएका सप्तरीका कोरोना संक्रमित वृद्धको परिवारका सबैजनामा कारोना संक्रमण पुष्टि भएको छ  ।

    राजविराजका ७२ वर्षीय वृद्धको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो ।

    मृत्यु भएका वृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामासमेत कोरोना पुष्टि भएको राजविराज नगरपालिका-६ का अध्यक्ष प्रेम यादवले जानकारी दिए । संक्रमण देखिएका सबैलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

    मृतक वृद्धको परिवार दुई साताअघि भारतबाट फर्किका थिए । मृतकले आफ्नी पत्नीलाई उपचार गराउन गत फागुनमै परिवारसहित भारत गएका थिए ।

    घर फर्केमा उनको स्वास्थ्य बिग्रिइ उपचारका लागि धरान लगिएको थियो । धरानमा पीसीआर टेस्ट गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार