रसुवा । स्थानीय तहको निर्वाचनमा रसुवाका उम्मेदवारविरुद्ध परेका सबै उजुरी रद्द भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार छानबिन पश्चात उजुरी रद्द गरिएको हो ।
जिल्लामा मनोनयन दर्ता गरेका ८ जनाविरुद्ध उजुरी परेको थियो । जिल्लाको आमाछोदिङ्मोमा अध्यक्षविरुद्ध दुई र उपाध्यक्षविरुद्ध एक, उत्तरगयामा दलित महिला सदस्यविरुद्ध एक र गोसाइँकुण्डमा वडाध्यक्षविरुद्ध एउटा उजुरी दर्ता भएको थियो । आ
माछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्ति साद लुइटेलका अनुसार एमालेका उम्मेदवारविरुद्ध कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारले तथा कांग्रेसका उम्मेदवारविरुद्ध एमालेलेका उम्मेदवारले उजुरी दिएका थिए ।
तीन वटा सदस्य पदका लागि पनि उजुरी परेको थियो । ‘तीन सदस्य उम्मेदवारविरुद्ध पनि ३ वटा उजुरी आएको थियो,ु उनले भने, ‘यी पनि रद्ध भएका छन् । गोसाइँकुण्ड गाउँपालिका(१ का वडाध्यक्षका उम्मेदवारविरुद्ध स्वतन्त्रका उम्मेदवारले उजुरी हालेका थिए ।
कांग्रेसबाट उम्मेदवारी बनेकाविरुद्ध आफू कार्यरत संस्थाबाट राजीनामा नदिएको भन्दै उजुरी दर्ता आएको थियो । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार उनले राजीनामा दिएको पत्र बुझाएपछि उक्त उजुरी रद्द भएको हो ।
उत्तरगया गाउँपालिका दलित महिला सदस्यविरुद्ध दलित भएको आधिकारिक पत्र नबुझाएको भन्दै उजुरी परेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend