Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण


    आइतबार, साउन ४ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र भारतीय तस्कर समूहबीच झडप भएको छ । शनिबार राति साढे ११ बजे झापाको गौरीगन्ज गाउँपालिका–५ स्थित सीमा क्षेत्रमा झडप भएको हो ।

    मल्हाटोलीनजिकै भारतबाट आएको तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउन्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए ।

    झडपका क्रममा सशस्त्रका दुई जवान सामान्य घाइते भएका छन् । चार राउण्ड हवाई फायरपछि तस्कर समूह भागेको उनले बताए ।

    यसअघि पनि भारतीय तस्करहरुले सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेगरेका छन् । तस्करीमा अवरोध पुर्‍याएकाले शसस्त्र प्रहरीमाथि ती भारतीयहरुले नियोजित आक्रमण गर्ने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार