Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलिदेखि सार्वजनिक यातायात चलाउने तयारी


    आइतबार, साउन ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले असार २६ देखि नै सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेपनि अवज्ञा गर्दै आएका यातायात व्यवसायीहरुले सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन् ।

    यातायात व्यवसायीको माग अनुसार नै सरकारले सार्वजनिक याताायत चल्न दिने तयारी गरेको थियो । तर आफ्ना माग पूरा नभकाले सवारी नचलाउने निर्णय गरेका व्यवसायीले मौद्रिक नीतिको घोषणापछि भने गाडी चलाउन सहमत भएका हुन् । मौद्रिक नीतिले आफ्ना अधिकांश माग पूरा भएको यातायात व्यवसायीहरुले बताए ।  

    आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले भोलिबाट यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार