काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय निकाय चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा यो निर्वाचन एमसीसीको पक्ष र विपक्षमा रहेकाहरुबीचको लडाई भएको जनाइएको छ । एमसीसीको पक्षमा रहेका राजननीतिक दलहरुलाई मत नदिन घोषणापत्रमा आग्रह गरिएको छ ।
घोषणापत्रका मुख्यमुख्य बुँंद्धाहरु
१ अमेरिकी साम्राज्यवादको दबाबमा संसद्बाट एमसीसीपारित गरिएपछि देशको स्वतन्त्रता र सार्वभौमिकताजोगाउने सङ्घर्षमाजनतादुई खेमामाविभाजित छन्– एमसीसीका समर्थक प्रतिगामीदलहरू र एमसीसीविरोधी देशभक्तएवम् प्रगतिशीलपक्षहरू ।
२. नेपालमजदुर किसान पार्टीले यो सम्झौताको विपक्षमा मतदिएको थियो । सम्झौताको पक्षमा नेका, माओवादी, एकीकृत समाजवादी (माधव नेपाल), जसपा (उपेन्द्र यादव) ले मत दिएका थिए ।
३. सन् २००३ मा बनाइएको एमसीसी ऐनमा ‘अमेरिकी स्वार्थको लागि लगानी भएको’ उल्लेख छ । तर, नेपालको शासक दलका नेताहरूले ‘लगानी होइन सित्तैमाआउने अनुदान’ भनी झुट बोले ।
४. नेमकिपाले एमसीसी सम्झौताखारेज गराउन देशभरि ४० भन्दा बढी जिल्लामा १०० भन्दा बढी जुलुस र सभासहित आन्दोलन गर्यो ।
५. अमेरिकी मन्त्रीले २०७८ माघ २७गते प्रम देउवा, माओवादीका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी ओलीलाई फोन मार्फत ‘सम्झौता अनुमोदन नभए राम्रो नहुने’ धम्की दिएपछि संसद्बाट अनुमोदन गरियो ।
६. एमसीसी सम्झौतालगत्तै अमेरिकी सरकारले प्रम देउवालाई रुसको विरुद्ध युक्रेनको पक्षमा मत दिन लगायो । यो नेपालको असंलग्न पराराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरीत हो ।
७. नवनाजीवादी र फासीवादीहरूको सहयोगमा राष्ट्रपति बनेका जेलेन्स्की युरोपमा युद्ध फैलाउन अमेरिकालाई गुहार्दै छन् । उनी अमेरिका र नाटोका ‘कठपुतली’ हुन् । रुसले सकेसम्म सर्वसाधारणको मृत्यु नहोस् भन्नेमा सावधानीअपनाएको छ ।
८. रुसले युद्धको बीचमा युक्रेनको राजधानी किभलाई प्राकृतिक ग्यास पठायो, इन्टरनेट चालु राख्यो । अमेरिकाले गरेको इराक युद्धमा सब भन्दा पहिले बिजुलीको तार र पानीका पाइपहरू काट्यो । परिणामतः लाखौ“ सर्वसाधारणको मृत्यु भयो । अमेरिकाले संसारभरि यसरी नै क्रूर आक्रमण गरेको थियो ।
९. सन् १९११ मै रुसकालागि अमेरिकी राजदूतजर्ज केननले रुसनजिक नाटो विस्तार नगर्न अमेरिकी सरकारलाई सचेत गराएका थिए । यसकारण, युक्रेन सङ्कट पनि अमेरिकी साम्राज्यवादले नै निम्त्याएको हो ।
१०. संसारले श्रीलङ्का सङ्कटको कारण अमेरिकी र युरोपको पूर्वतर्फ नाटोको विस्तार नै भएको बुझ्दैछन् । ४० वर्षयता श्रीलङ्काले ऋण लिएर आयात बढाउन र ऋणको ब्याजतिर्नमै धेरै रकमखर्च गर्यो । कुनै पनि देशको सरकारले आफ्नै खुट्टामा उभिने योजना बनाउनु जरुरी भएको श्रीलङ्काको स्थितिले देखायो ।
शासक दलका नेताहरूले जाति, भाषा, धर्म, क्षेत्र, झूटा आश्वासनका कुरा गरेर एवम् निर्वाचन आचारसंहितालाई मिचेर पैसा दिएर, भोजभतेर खुवाएर, लुगा, टर्चलाइट, मोबाइल, माछा–मासु तथा ग्यास सिलिन्डर बाँडेर निर्वाचन जित्दै आएका हुन् । स्थानीय, प्रदेश र सङ्घीय सरकार एक साथ सञ्चालन गरेका शासक दलहरूले आफ्ना प्रतिबद्धता पूरा गरेनन् ।
स्थानीय निकायको भ्रष्टाचार र बेरुजु पनित्यत्तिकै बढी छ । एक खर्बभन्दा बढी बेरुजु र भ्रष्टाचार जनताले चुनेकै जनप्रतिनिधिहरूबाट भएको समाचार तथा २० हजारभन्दा बढी अख्तियारमा दर्ता भएको उजुरीले नेपाली जनताको शिर निहुरियो ।
नेमकिपाले बारम्बार सदन र सडकमा मतसीमा (थ्रेसहोल्ड) खारेजीको लागिआवाज उठाउदै आएको विषय हो मतसीमा (थ्रेसहोल्ड) को व्यवस्था प्रजातन्त्र विरोधी तथा जाति, भाषा र धर्मको प्रतीक हो । यसकारण, नेमकिपाले सुरुदेखि नै कुनै जात–जाति, भाषा, धर्म र क्षेत्रको आधारमा राजनीतिकदललाई स्वीकृतिदिननहुने मत राख्दै आएको हो । प्रजातन्त्र र गणतन्त्रको नाममा पुजीवादीअधिनायकवादएवम् फासीवादको निम्ति बाटो खोल्नु देश र जनताको हितमा छैन ।
नगर प्रहरीका लागि स्थानीय पालिकाको सिफारिसमा योग्ययुवाहरूलाई केन्द्र र प्रदेश प्रहरीबाट तालिमको बन्दोवस्तगर्नु आवश्यक छ ।
बेरोजगार युवाहरू घर–खेत बेचीविदेश जा“दाहुने सामाजिकविकृति, आर्थिक क्षति र अनावश्यक मृत्युवरणलाई रोक्नआफ्नै देशमा रोजगारी दिनपालिकाहरूले कृषितालिम, डकर्मी, सिकर्मी तालिम र अन्यदक्षप्राविधिकमजदुरहरू तयार गरी देशको विकासमा सहयोग पुर्याउनेछन् ।
बस्ती बस्तीमा ढल र उपचार पोखरीको बन्दोवस्तगर्न प्राथमिकता दिलाउनअगुवाइ आवश्यक छ ।
स्थानीय तहहरूको परम्परा र जनभावना अनुकूल पालिकाहरूको क्षेत्रफल मिलान एवम् सन्तुलित विकास गर्न ढिलो गरिने छैन ।
गाउ“पालिकाहरूमाअनिवार्य र निःशुल्कप्राथमिकएवम् माध्यमिकशिक्षालागु गराउनतथानगरपालिकाहरूलाई क्षमताअनुसार महाविद्यालयहरू र प्राविधिकउच्चशिक्षालयसमेत स्थापना गराउन ढिलो गर्नु जनतालाई शिक्षाबाट वञ्चितगर्नु नै हुनेतर्फ सङ्घ र प्रदेश सरकारलाई बोध गराइनेछ ।
कृषि अर्थतन्त्रमाआत्मनिर्भर बनाउनपालिकाहरूकाजनतालाई शिक्षितगर्ने, घर–घरबाटै इटा, ढुङ्गा, सीसा, प्लास्टिक, काच, फलामका काटी–किलाजस्ता सामानअलग गराई पुनःप्रयोगमा पठाउने तथाकुहिने फोहोरबाट प्राङ्गारिक मलबनाउनउत्साहितगर्ने लगायतका योजनामागम्भीरता देखाउनु आवश्यक देखिन्छ । नत्र काठमाडौ“ महानगरपालिकाकै समस्या सबै पालिकाले भोग्नुपर्नेछ । यसमा सङ्घीय सरकार र प्रदेश सरकारहरूको आ“खाखोल्न आवाज उठाउनु जरुरी छ ।
सांस्कृतिकनगरपालिकावागाउपालिका घोषणा गराउनजोड दिइनेछ । हरेक सक्षमपालिकाहरूले सङ्ग्रहालयबनाउनसमेत ध्यान पु¥याउनु उपयुक्त हुन्छ । यसले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पर्यटन सेवालाई पनि सहयोग पुग्नेछ ।
सिपालु सिकर्मी र डकर्मीले काठ, ढुङ्गा, इटा र माटोको जोडाइको परम्परागत घर बनाउदा बलियो हुन्छ र नेपालीहावा–पानीअनुसार मिल्छ । यस्तो आवास बनाउनजोड दिइनेछ ।
नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू विजयी स्थानीय तहलाई भक्तपुर नगरपालिका जस्तै देशकै नमुना हुने गरी सञ्चालन गरिनेछ ।
घोषणापत्रमा शिक्षालाई प्राथमिकतामा राखिएको छ । शिक्षाले मात्रै परिवर्तन सम्भब भएको भन्दै शिक्षालाई निशुल्क बनाउनुपर्ने उल्लेख छ ।
गाउपालिकाहरूमा अनिवार्य र निःशुल्क प्राथमिक एवम् माध्यमिक शिक्षा लागु गराउन तथा नगरपालिकाहरूलाई क्षमता अनुसार महाविद्यालयहरू र प्राविधिक उच्च शिक्षालयसमेत स्थापना गराउन ढिलो गर्नु जनतालाई शिक्षाबाट वञ्चित गर्नु नै हुनेतर्फ सङ्घ र प्रदेश सरकारलाई बोध गराइने घोषणापत्रमा उल्लेख छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend