जुम्ला । स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ । गठबन्धन के हुने विषयमा अन्योल रहेको समयमा सत्तारुढ दलका नेताले जुम्लामा अब गठबन्धन नहुने बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य सांसद गजेन्द्रबहादुर महतले जुम्लामा गठबन्धन नहुने बताएका हुन् । उनले अब जुम्लामा गठबन्धन हुन्छ भनेर भ्रममा नपर्न अनुरोध गरे ।
‘गठबन्धनले पहिलो पटक निर्देशन पठाएको थियो । वैशाख ११ गते जिल्लास्थित शीर्ष नेताको बैठकमा निष्कर्ष विहीन भएकाले अब सबै पार्टी एक्ला एक्लै चुनावी प्रतिस्पर्धा हुने बताए ।
नेपाली कांग्रेस जुम्ला सभापति कर्णबहादुर शाहीले जुम्लाको अवस्था अस्तव्यस्त भएकाले गठबन्धन सम्भव नभएको बताए ।
त्यस्तै एकीकृत नेकपा समाजवादीका जिल्ला सचिव आदीप्रसाद न्यौपानेले केही दिन पहिले नै गठबन्धन नहुने निष्कर्षमा पुगेको बताए । उनले लामो समय गृहकार्य गरे पनि गठबन्धनको सम्भावना नरहेको बताएका हुन् ।
त्यस्तै गठबन्धनका लागि वैशाख १२ गते प्रदेश स्तरीय गठबन्धनले गाउँपालिकाको नेतृत्व बाडफाड गरेको थियो । तर, त्यो दिन मतदान केन्द्रमा उम्मेदवारी दर्ता गर्न गइसकेकाले गठबन्धनको सम्भावना सकिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend