Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा जोशी निलम्बनमा


    बिहिबार, बैशाख १५ २०७९
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा विश्वराज जोशीलाई  निलम्बन गरेको छ। 

    पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उनलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिए। 
     
    प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति डा जोशीले जिम्मेवारीपूर्वक काम नगरेको लगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको बताइएको छ।

    मदन भण्डारी स्वास्थ्य विज्ञान  प्रतिष्ठान  ऐन २०७६ को उपदफा (३) बमोजिम छानबिनका लागि उपकूलपति प्राडा जोशी स्वतः निलम्बनमा परेको सचिव भुषालको भनाइ छ। 
     
    प्राडा जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकूलपतिमा नियुक्ति  भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार