Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आश‌ंका चिर्दै प्रचण्डले भने – ‘ओलीसँग कुनै सहमति भएको छैन’


    आइतबार, साउन ४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेता भेला भएका थिए । 

    शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डको प्रस्तुतिकरणका कारण एउटा गहिरो आश‌ंका उठेको थियो । सोही विषयमा कुरा गर्न भन्दै ती नेताहरु खुमलटार पुगेका थिए । 

    शनिबारको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी ओली र प्रचण्ड एकसाथ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएपछि आशंका बढेको थियो । प्रम ओलीको सचिवालयका केही व्यक्तिले प्रचण्डसँग कुरा मिलेको बताएपछि नै यो आशंका बढेको माधव नेपाल निकट स्रोतले नेपाल फेसलाई बताए । 

    यो खबर फैलँदै गएपछि शनिबार राति नै प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले दुई अध्यक्षबीच कुनै सहमति नभएकोले भ्रममा नपर्न फेसबुकमार्फत् अनुरोध गरिन् । 

    तर पनि प्रचण्ड-ओलीबीचको सहमतिको चर्चा कम हुन सकेन । अझ सचिवालय बैठक चलिरहँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल समेत बालुवाटार पुगेको खबरले लेनदेनबाट नै सहमति टुंगिन लागेको आश‌ंका चुलिएको थियो ।

    तर आइतबारको बैठकमा प्रचण्डले ओलीसँग आफ्नो कुनै सहमति नभएको प्रष्ट पारे । यस्तो सचिवालय बैठकमा प्रम ओलीको अर्ली महाधिवेशनको प्रस्तावको नियत पनि तत्कालका लागि अल्मलाउने नियतले आएको समेत उनले बताएको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले भने । 

    प्रचण्डले ओलीको प्रस्तावमा छलफल गरौं मात्र भनेको तर सहमति नगरेको प्रष्ट पार्दै हामी सबैको भावना तलमाथि हुन नदिइ समस्याको समाधान हुनुपर्नेमा जोड दिएका थिए । 

    यस्तै आफूलाई परिबन्धमा पारेर राष्ट्रपति निवास लगिएको समेत प्रचण्डले बताए । कुनै काम र कुरा नभएपनि आफूलाई कुरा गर्नका लागि राष्ट्रपति निवासबाट बोलाइएको भन्दै त्यहाँ लगिएको तर खासै केही कुरा हुन नसकेको समेत बताएको बैठकमा सहभागी ती स्थायी समिति सदस्यले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार