Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वायुसेवा सञ्चालक संघले भन्यो: भोलिदेखि आन्तरिक उडान गर्न सकिँदैन


    बिहिबार, बैशाख १५ २०७९
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि राति ८ बजेपछिका कुनै पनि उडान भर्न नसक्ने बताएको छ ।

    संघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले हाललाई राति ८ बजेपछिका उडान गर्न नसक्ने बताएकाे हाे ।

    प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो । तर, त्यस्तो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए ।

    संघका सदस्य वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एअरलाइन्स र गुण एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ स्लट लागू गर्न पठाएकाे पत्रले ध्यानाकर्षण भएकाे बताउँदै संघले राति ८ बजे पछिका उडान गर्न वायुसेवा कम्पनीहरू असमर्थ रहेकाे बताएकाे हाे।

    नयाँ स्लट व्यावहारिक नभएको भन्दै यसअनुसार उडान गर्न नसक्ने संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए। 

    bayusewa-sanchalak-sangh.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार