Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई जुवाखालमा छापा, ११ जना पक्राउः १ लाख २० हजार भन्दा बढी बरामद


    बिहिबार, बैशाख १५ २०७९
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चन्द्रागिरी नगरपालिका-१५ तीनथानास्थित ३७ वर्षीय शिवहरि राउतको घरबाट तास खेलिरहेको अवस्थामा शिवहरि समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेल्दै गरेको अवस्थामा नगद ८३ हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

    त्यसैगरी नवलपरासीको कावासोती नगरपालिका–३ स्थित अक्सफोर्ड ट्रायल सेण्टरभित्र जुवातास खेलिरहेको अवस्थामा गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भएका ३५ वर्षीय सन्दिप कुमार श्रेष्ठ लगायत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    उक्त  ट्रायल सेण्टरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ९ सय ७७ रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार