Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा स्थायी समिति बैठक ६ गतेसम्मलाई स्थगित


    आइतबार, साउन ४ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । 

    बैठक अब साउन ६ गते ११ बजे बस्ने भएको नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर जानकारी दिए।

    शनिबारको बैठकमा प्रधानमन्त्री कपी शर्मा ओलीले विवाद समाधानका लागि तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा नमाग्न र त्यसबाहेकका मागमा आफूले हदैसम्म लचकता अपनाउने बताएका थिए । 

    यसैको शिलशिलामा पूर्ण रुपमा सहमति कायम भएपछि मात्रै स्थायी समिति बैठकलाई निरन्तरता दिन पुष्पकमल दाहाल प्रचण्ड र प्रम ओली सहमत भएको बुझिएको छ । 

    शनिबारको घटनाक्रमसँगै आज बिहान प्रचण्ड निवासमा माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु भेला भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार