Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना मुक्त भइ नेपाल एयरलाइन्सका १४ कर्मचारी डिस्चार्ज


    आइतबार, साउन ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोभिड–१९ संक्रमण देखिएका नेपाल एयरलाइन्सका १४ उडान कर्मचारी संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

    विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका ४ पाइलटसहित १४ जना क्याबिन क्रु मेम्बर उपचारपछि घर फर्किएका हुन् ।

    उनीहरू गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

    विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत २२ असारमा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको थियो ।

    करिब २ सातापछि उनीहरूको पुनः पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उनले बताइन् । 

    कोरोना संक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा २ दिन र ह्याम्स अस्पतालमा ६ दिन राखिएको थियो । 

    देशले खटाएको उद्धार उडानमा साहसिक जिम्मेवारीमा खटिने आफ्ना उडान कर्मचारीप्रति निगमले हार्दिक आभार व्यक्त पनि गरेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार