Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सडकबाट सय मिटर तल खस्यो मोटरसाइकल, चालकको मृत्यु


    बिहिबार, बैशाख १५ २०७९
    310
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

    दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले बताए।

    किसानको घटनास्थलमै मृत्यु भएको हो।

    मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ। बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो।

    उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार