काठमाडौं । रिक्त रहेको सांसद पदका लागि गुल्मीकी सुवर्ण ज्वारचनलाई नेपाली कांग्रेसले छनोट गरेको छ।
प्रतिनिनिध सभा समानुपातिकतर्फकी सांसद बागलुङकी ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि सो पद खाली थियो । सोही स्थानमा कांग्रेसले ज्वारचनलाई सांसद बनाउने निर्णय गरेको जनाएको छ ।
कांग्रेसले समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा बुझाउँदा छन्त्याललाई पहिलो नम्बरमा राखेको थियो भने ज्वारचनको नाम दोस्रो स्थानमा थियो ।
ज्वारचनलाई सांसद बनाउन सिफारिस गरिसकेको र निर्वाचन आयोबाट स्वीकृति पाइसकेको कांग्रेसकामुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आइतबार दिउँसो सिंहदरबारमा ज्वारचनलाई सांसदको सपथ खुवाउने कार्यक्रम छ। सभामुख अग्निप्रसाद सापकोटाले ज्वारचनलाई पद तथा गोपनीयताको सपथ गराउने संघीय संसद सचिवालयले जनाएको छ।