ललितपुर । स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादैविवाद छ । गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाइसकेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद छ ।
माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले महाङ्काल गाउँपालिकामा बागी उम्मेदवारी दिएपछि गठबन्धनभित्र विवाद चर्केको हो । कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ सहमतिविपरीत माओवादीबाट उम्मेदवारी परेपछि समस्या परेको र उम्मेदवारी फिर्ता लिनुपर्ने बताउँछन् ।
गठबन्धनको सहमति अनुसार महाङ्काल गाउँपालिका-१ र २ मा माओवादी केन्द्रलाई दिनुपर्ने दाबी गरिएको छ । तर, सहमति अनुसार नभएपछि आफूले उम्मेदवारी दिएको नेता लिमल्सिना बताउँछन् ।
श्रेष्ठ भने यो विषयमा सहमति नभएको दाबी गर्छन् । ‘वडामा कुनै सहमति भएको थिएन । प्रकृयामा थियो । अध्यक्ष नेपाली कांग्रेसर उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमती भने भएको हो,’ उनले भने ।
बुधबारको बैठकपछि आआफ्नो पार्टीको विवाद मिलाउने सहमति भएको श्रेष्ठले बताए ।
महाङ्कालमा विवाद मिलाउने क्रममा जिल्ला नेतृत्वको निर्णयविरुद्ध कांग्रेसका पालिका पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । कांग्रेस वरिष्ठ उपाध्यक्ष संजय लामा,वडा सभापति रामहरी दुलाल, कोषाध्यक्ष राजराम परियार र सदस्य बलराम घिमिरेले राजिनामा दिएका हुन् ।
बागमती गाउँपालिकामा वडाध्यक्ष समेत रहेका विष्णु तिमल्सिना र स्थानीय नेता डोलकेशर दाहालले कांग्रेस निर्णय विपरीत क्रमशस् अध्यक्षरउपाध्यक्षमा बागी उम्मेदवारी दिएका छन् । कांग्रेसले वीरबहादुर लोप्चनलाई टिकट दिएपछि तिमल्सिनाले बागी उम्मेदवारी दिएका हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend