Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धनले सातै प्रदेशमा सभा नगर्ने, वैशाख २३ मा काठमाडौंमा


    बुधबार, बैशाख १४ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  सत्ता गठबन्धनले सातै प्रदेशमा सभा गर्ने यसअघिको निर्णय संशोधन भएको छ । 

    नेपाली कांग्रसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले यसअघिको निर्णय संशोधन गरेको हो । सभा वैशाख २३ गते दिनको १ बजे काठमाडौंमा गर्ने निर्णय भएको सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    उक्त सभालाई गठबन्धनका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने कार्यक्रम छ । अन्य चुनावी सभाहरु आवश्यकता अनुसार गठबन्धनका दलहरुले स्थानीय तहमै गर्ने गरि कार्यक्रम तय गर्न सक्ने उक्त समितिले निर्णय गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार