हेटौंडा।मकवानपुरको विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका ६ जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकाका ६ जना उम्मेदवारको विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
हेटौंडा १९ का वडा अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका नरनाथ सुवेदीविरुद्ध कर छलीको आरोपको उजुरी परेको छ । त्यसैगरी मनहरी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार मनिला विष्टविरुद्ध उजुरी परेको छ भने ३ नम्बर वडा अध्यक्षका उम्मेदवार अनन्तप्रसाद अर्याल विरुद्ध उजुरी परेको छ ।
नेकपा एसबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी विष्टलाई गाउँपालिका भित्र बेरुजु र अख्तियारको मुद्दा छानवीन गरी असुल उपर गर्नुपर्ने रकम बाँकी रहेको भन्दै उजुरी परेको हो भने नेपाली कांग्रेसको तर्फबाट मनहरीको ३ नम्बर वडा अध्यक्षका उम्मेदवार अर्याललाई विद्यालयको राजीनामा पत्र पेस गर्नुपर्ने मागसहित उजुरी परेको छ ।
बकैया गाउँपालिकाका ३ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार छाया अधिकारी र नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवार भक्तबहादुर खत्री र माओवादीकै तर्फबाट ५ नम्बर वडाका उम्मेदवार विरुद्ध पनि उजुरी परेको छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend