काठमाडौं । फिरौतीको लोभमा आफ्नै भाञ्जालाई अपहरण गरेर हत्या गर्ने मामा पक्राउ परेका छन् । १४ वर्षअघि काठमाडौंमा भएको सो जघन्य घटनाका आरोपी ४५ वर्षीय राजेशकुमार गुप्तालाई अन्तत: प्रहरीको फन्दामा परेका हुन् ।
नाबालक भाञ्जाको हत्या गरेर फरार रहेको गुप्तालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
गुप्ताका दिदी-भिनाजु न्यूरोडमा व्यापार गर्दै आएका थिए । उनीहरुसँग फिरोती माग्नका लागि भाञ्जाको अपहरण गरेका गुप्ताले ती नाबलकको हत्या गरेको स्रोतले बताएको छ । बालकको शव दरबारमागर्ग क्षेत्रमा बोरामा फ्याँकिएको थियो ।
घटना लगत्तै फरार रहेका गुप्ता लामो समयदेखि भारतमा लुकेर बस्दै आएको प्रहरीको अनुसन्धान खुलेको थियो । महाशाखाको टोलीले उनी नेपाल आएका बेला पक्राउ गरेको बताइएको छ । यसबारे थप जानकारी दिनका लागि महाशाखाले आज पत्रकार सम्मेलन गर्दैछ ।